कावासोतीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, २८ जना घाइते
कावासोतीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, २८ जना घाइते
    • बेल संचार

    • ३ कार्तिक २०८१, शनिबार

त्रिवेणी ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको कावासोतीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जेसी शाहका अनुसार कावासोती–१ बालुवाडाँडास्थित भित्री सडक खण्डमा बुलिङटारबाट कावासोतीतर्फ आइरहेको जीप दुर्घटना भएको हो ।

अनकन्टार पहाडमा दुर्घटना भएको तथा भर्खरै उद्धार सकिएको छ । घाइतेलाई  नवलपुर अस्पताल र मध्यविन्दु जिल्ला अस्पताल पु¥याइएको छ । क्षमताभन्दा बढी यात्री बोकेकाले दुर्घटना भएको प्रहरीको अनुमान छ । मृतक तथा घाइतेको विवरण प्राप्त भएको छैन ।

साताकाे चर्चित
सम्बन्धित