पूर्वगृमन्त्री रवि लामिछानेलाई जिल्ला अदालत, कास्कीमा उपस्थित गराइयो
पूर्वगृमन्त्री रवि लामिछानेलाई जिल्ला अदालत, कास्कीमा उपस्थित गराइयो
    • बेल संचार

    • ४ कार्तिक २०८१, आईतवार

पोखरा ।

सहकारी ठगी मुद्दामा पक्राउ परेका पूर्वगृमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेलाई जिल्ला अदालत, कास्कीमा उपस्थित गराइएको छ ।

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा अनुसन्धानका लामिछानेलाई अदालत उपस्थित गराइएको हो । शुक्रबार काठमाडौंस्थित पार्टी कार्यालयबाटै पक्राउ परेका सोही दिन राति नै पोखरा ल्याइएको थियो ।

लामिछानेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरी शनिबार बिहान ३ बजेतिर जिल्ला प्रहरी कार्यालय कास्कीमा लगिएको थियो ।

शनिबार सार्वजनिक बिदा परेका कारण आइतबार मात्रै अदालतमा उपस्थित गराइएको हो । अदालत बाहिर लामिछानेका समर्थक र सहकारी पीडित दुवै पक्ष जम्मा भएका छन् । रवि लामिछाने समर्थकले सहिद चोक र सहकारी पीडित पक्षधरले राष्ट्र बैंक चोकमा छुट्टाछुट्टै भेला डाके पनि प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।

रवि समर्थकले निषेधाज्ञा तोडेर प्रदर्शन गरेपछि केहीबेर प्रहरीसँग धकेलाधकेलको स्थितिसमेत बनेको थियो ।

रविको पक्षमा ७ वकिलले बहस गर्दै 

यसैबीच, लामिछानेको पक्षमा वरिष्ठ अधिवक्ताद्वय सुशील पन्त र नारायण घिमिरेसहित सात जना कानुन व्यवसायीहरुले बहस गर्ने भएका छन् ।

लामिछानेको पक्षमा वरिष्ठ अधिवक्ताद्वय पन्त र घिमिरेसहित अधिवक्ताहरु यज्ञमणि न्यौपाने, हेमराज पोखरेल उपाध्याय, अधिवक्ता कमल पोखरेल, डा. नारायणदत्त कँडेल र लेखनाथ सापकोटाले बहस गर्ने भएका हुन् ।

साताकाे चर्चित
सम्बन्धित