ग्लोबल आईएमई बैंक र अष्ट्रियाको युनिभर्सिटी अफ इन्ज्ब्रकबीच सम्झौता
ग्लोबल आईएमई बैंक र अष्ट्रियाको युनिभर्सिटी अफ इन्ज्ब्रकबीच सम्झौता
    • बेल संचार

    • ४ कार्तिक २०८१, आईतवार

काठमाडौं । 

ग्लोबल आईएमई बैंक र अष्ट्रियाको युनिभर्सिटी अफ इन्ज्ब्रकबीच सम्झौता भएको छ ।​

स्विच एसिया ग्रान्ट प्रोग्राम अन्तर्गत युरोपियन युनियनको आर्थिक सहयोगमा ब्लिडिङ इनर्जी इफिसियन्सी इन नेपाल (बीईईएन) प्रोजेक्टअन्तर्गत दिगो आवास भवन निर्माणका लागि ऊर्जा कुशल प्रविधि तथा अभ्यासहरू प्रवर्द्धनका लागि सम्झौता गरिएको हो ।

उक्त समझदारीमा बैंकका ग्रीन एन्ड सस्टेनेबल बैंकिङ्ग प्रमुख असिम कर्माचार्य र युनिभर्सिटी अफ इन्ज्ब्रक, अष्ट्रियाको प्रतिनिधि तथा बीईईएन प्रोजेक्ट प्रमुख डा. ड्यानियल नेयरले हस्ताक्षर गरेका छन् ।

ग्लोबल आईएमई बैंकले दिगो आवास प्रवर्द्धन गर्न ‘ग्रीन होम लोन’ विशेष कर्जा योजना लागू गर्दै आएको छ ।​

बैंकका अनुसार, यस समझदारीले प्राविधिक क्षमताको अभिवृद्धि गर्न र दिगो तथा ऊर्जा कुशल भवनहरूको प्रवर्द्धन गर्न सहयोग पुर्‍याउनेछ ।

आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका समयसान्दर्भिक योजनाहरू ल्याएर ग्राहकलाई लाभान्वित गर्दै आएको छ ।

ग्लोबल आईएमई बैंक युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक हो ।

साथै, ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट फरक-फरक विधामासमेत ग्लोबल आईएमई बैंक सम्मानित भएको छ ।

ग्लोबल आईएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।​

बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २५५ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्स्टेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १ हजारभन्दा बढी सेवा केन्द्र रहेका छन् ।

ग्लोबल आईएमई बैंक, सबैका लागि बैंकिङ्ग सेवा प्रदान गर्ने बैंक हो । जसले विभिन्न सेवा तथा सुविधासहितका योजनामार्फत आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

साताकाे चर्चित
सम्बन्धित