सिँजा क्षेत्रका लागि नराकोटबाट चामल वितरण हुँने
सिँजा क्षेत्रका लागि नराकोटबाट चामल वितरण हुँने
    • उमेश बुढा

    • ४ कार्तिक २०८१, आईतवार

 जुम्ला ।

हिमा, सिँजा र कनकासुन्दरी गाउँपालिकाको लागि नराकोटबाट चामल वितरण गरिने छ ।

यहि कार्तिक ६ र ७ गते खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी लिमिटेडले जुम्लाको सिँजामा तिहारको लागि चामल वितरण गर्ने भएको छ ।

सिँजा गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धितालका अनुसार खाद्य सस्थानसँग सिँजा गाउँपालिकाले समन्वय गरेर दशैमा पनि ८० कुइन्टल भन्दा माथि चामल ल्याएर वितरण गरेका हौ । तर सिँजाका तीन वटै पालिकाले चामल पुगेन अझै यस पटक तिहारको अवसरमा १ सय ६० कुइन्टल भन्दा माथि चामल ल्याएको धितालले बताए ।

पोष्टिक तत्व मिटामिन युक्त चामलको प्रत्येक २५ केजीको रु १ हजार ७ सय मूल्य रहेको छ ।

साताकाे चर्चित
सम्बन्धित