रास्वपाका सभापति लामिछानेको बचाउमा आज पनि पोखरामा प्रदर्शन
रास्वपाका सभापति लामिछानेको बचाउमा आज पनि पोखरामा प्रदर्शन
    • बेल संचार

    • ५ कार्तिक २०८१, सोमबार

काठमाडौं । 

राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछाने पक्राउको विरोधमा सोमबार तेस्रो दिन पनि पोखरामा विरोध प्रदर्शन गरेको छ । अपरान्ह १२ बजेदेखि पृथ्वीचोकमा भेला भएका रास्वपाका नेता भएका छन् ।

शनिबार चिप्लेढुङ्गामा विरोध सभा गरेको रास्वपाले आइतबार शहीदचोकमा कार्यकर्ता उतारेको थियो । सोमबार प्रदर्शनस्थल परिवर्तन गरेर पृथ्वीचोकमा सारिएको हो । विरोध प्रदर्शन शान्तिपूर्ण हुने रास्वपाका नेताहरुले जानकारी गराएका छन् ।

तेस्रोदिन विरोध प्रदर्शनमा भेला भएका नेता कार्यकर्ताले देशभक्तिपूर्ण गीत बजाउँदै नाचगान गरिररहेका छन् । कार्यकर्ताले वर्तमान सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् । ‘सरकार तिम्रो पाराले, दुःख पाए साराले’, सहकारी पीडितलाई न्याय दे, सरकारले न्यायमाथि गर्‍यो घात, पोखरेली जनताले दिन्छन् साथ’ लगायतका नारा लगायतका छन् ।

अदालतले रास्वपा सभापति रवि लामिछानेलाई बुधबारसम्म थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ । बुधबारसम्म नियमित विरोध प्रदर्शन जारी राख्ने नीति विभागका सचिव कमल सुवेदीले जानकारी गराए ।

सुवेदीका अनुसार पार्टी नेताहरु बुधबारसम्म पोखरामा रहने छन् । बुधबार अदालतको आदेशपछि मात्रै पार्टीले थप धारणा बनाउने उनले बताए । सुवेदीले भने, ‘अहिले विरोध पोखरा केन्द्रीत छ । त्यो बेलासम्म नेताहरु पोखरामा रहनुहुन्छ ।’

शुक्रबार प्रहरीले सभापति लामिछाने पक्राउ गरेपछि सिंगो पार्टी पोखरामा केन्द्रीत भएको छ । अधिकांश नेताहरु पोखरा पुगेका छन् । पूर्वघोषित कार्यक्रमहरु रोकिएको छ । १ कात्तिकबाट सुरु गरिएको जिल्ला भेला/सम्मेलन पनि स्थगित गरिएको छ ।

साताकाे चर्चित
सम्बन्धित