आज १०० दिने उपलब्धि सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली
आज १०० दिने उपलब्धि सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली
    • बेल संचार

    • ७ कार्तिक २०८१, बुधबार

काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार सरकारको १०० दिने उपलब्धि सार्वजनिक गर्ने भएका छन् । बुधबार उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट साढे २ बजे आफू नेतृत्वको सरकारको १०० दिने उपलब्धि सार्वजनिक गर्न लागेका हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार सो क्रममा ओलीले १०० दिनको अवधिमा भएका प्रगति विवरणको फेहरिस्त प्रस्तुत गनेछन् । ओली गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

 

साताकाे चर्चित
सम्बन्धित