सत्तारुढ दलको बैठक बालुवाटारमा
सत्तारुढ दलको बैठक बालुवाटारमा
    • बेल संचार

    • ७ कार्तिक २०८१, बुधबार

काठमाडौँ 

सत्तारुढ दलको बैठक बालुवाटारमा सुरु भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको १०० दिन पुगेको अवसरमा सरकारका काम कारबाहीबारे समीक्षा र आगामी कार्ययोजना तय गर्न बैठक बसेको हो।

प्रधानमन्त्री ओलीले बोलाएको सत्तारुढ दलको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, लोसपा अध्यक्ष महन्थ ठाकुर, जनमतका अध्यक्ष सिके राउत, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ सहभागी हुनुहुन्छ।

बैठकमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शङ्कर पोखरेल, उपमहासचिव विष्णु रिमाल, गृहमन्त्री रमेश लेखक, श्रम मन्त्री शरदसिंह भण्डारीलगायतका मन्त्री तथा नेताहरू पनि सहभागी हुनुहुन्छ । बैठकमा समसामयिक राजनीतिक विषयमासमेत छलफल हुने बताइएको छ। प्रधानमन्त्री ओलीले आज दिउँसो २:३० बजे प्रधानमन्त्रीको कार्यालय सिंहदरबारबाट सरकारको १०० दिने उपलब्धि सार्वजनिक गर्ने तयारी गर्नुभएको छ।

साताकाे चर्चित
सम्बन्धित