सुनको मूल्य तोलामा ७०० घट्यो भाउ
सुनको मूल्य तोलामा ७०० घट्यो भाउ
    • बेल संचार

    • ८ कार्तिक २०८१, बिहीबार

काठमाडौं ।

केही दिन यता लगातार बढेर हरेक दिन जसो नयाँ रेकर्ड बनाउँदै गएको सुनको मूल्य बिहीबार भने घटेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा केही गिरावटसँगै बिहिबार नेपाली बजारमा पनि सुनको मूल्य घटेको छ ।

बिहिबार सुनको मूल्य प्रतितोला १ लाख ६०० हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायि महासंघले जनाएको छ ।

बुधबार तोलाको एक लाख ६६ हजार ७०० रुपैयाँमा कारोबार भएर हालसम्मकै उच्च मूल्य पुगेको सुन बिहिबार तोलामा ७०० रुपैयाँले घटेको हो ।

बिहीबार चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले घटेको छ । बुधबार तोलाको २१३५ रुपैयाँमा कारोबार भएको चाँदी बिहिबार २०९५ मा कारोबार भइरहेको छ ।

साताकाे चर्चित
सम्बन्धित