बालिका बलात्कारको आरोपमा सशस्त्र प्रहरीका २ सहायक हवलदार पक्राउ
बालिका बलात्कारको आरोपमा सशस्त्र प्रहरीका २ सहायक हवलदार पक्राउ
    • बेल संचार

    • ९ कार्तिक २०८१, शुक्रबार

बुटवल ।​

दाङको भालुवाङका दुई बालिकालाई बलात्कार गरेको आरोपमा सशस्त्र प्रहरी बल (एपीएफ)का दुई सहायक हवल्दार पक्राउ परेका छन् ।​

पक्राउ पर्नेमा सशस्त्र प्रहरी बल २९ नम्बर ज्वालामाई गणमा कार्यरत सहायक हवलदार भरत रोका मगर र रेवन पचैया छन् ।​​​

सशस्त्रको कार्यालयबाहिर दशैंको बेला पिङ हालेको स्थानमा लगेर बलात्कार गरेको आरोप उनीहरूमाथि छ ।

उनीहरूले गत असोज २४ गते पिङ खेल्न गएका ८ वर्षीया र १४ वर्षीया बालिकालाई बलात्कार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

सशस्त्र प्रहरीका कर्मचारीहरूले बलात्कार गरेको थाहा पाएपछि स्थानीयले बुधबार गण घेराउ गरेका थिए ।

गणका एसपी रमेश थापालाई घटनाबारे पटक-पटक जानकारी गराउँदा पनि ढाकछोप गर्न खोजिएको आरोप आफन्तहरूले लगाएका छन् ।

घटना असोज २४ गतेको भए पनि ढाकछोप गर्न खोज्दा उनीहरू पक्राउ परेका थिएनन् ।

तर स्थानीयको आरोपपछि उनीहरू दुवै जनालाई पक्राउ गरी नेपाल प्रहरीलाई बुझाइसकेको सशस्त्रका सह-प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

पीडित परिवारले राजमार्ग अवरोध गरी प्रदर्शन गर्दै आएका थिए ।

साताकाे चर्चित
सम्बन्धित