मन्त्री अधिकारी : सुकुम्बासीको समस्या २ वर्षभित्र समाधान हुन्छ
मन्त्री अधिकारी : सुकुम्बासीको समस्या २ वर्षभित्र समाधान हुन्छ
    • बेल संचार

    • ९ कार्तिक २०८१, शुक्रबार

संखुवासभा ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले अधिकार सम्पन्न भूमि आयोग गठन हुने बताएका छन् ।

जिल्ला मालपोत कार्यालय खाँदबारीको आज भवन उद्‌घाटन गर्दै मन्त्री अधिकारीले भूमिहीन र सुकुम्बासीको समस्या दुई वर्षभित्र समाधान गर्ने प्रतिबद्धता जनाए ।

यही महिना भित्रै भूमि आयोग गठन गर्ने उनको भनाइ थियो । गरिबी निवारणलाई सरकारको उच्च प्राथमिकतामा राखेको मन्त्री अधिकारीको भनाइ थियो ।

लामो समयसम्म जमिन भोग गर्दै आए पनि लालपूर्जाविहीन भएर बस्नुपर्ने अवस्थाको अन्त्य गर्न सरकार लागिपरेको उनले बताए ।

जिल्ला मालपोत कार्यालयको भवन रु दुई करोड २० लाखको लागतमा निर्माण सम्पन्न भएको हो ।

साताकाे चर्चित
सम्बन्धित