जुम्ला ।
सिँजा भाषा र कलाको खानी भएको माननिय कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले बताउनु भयो ।
उनका अनुसार नेपालका विभिन्न ठाउँमा बोलिने भाषा र देखाईने कला सिँजाबाट फैलिएको हो । यस क्षेत्रमा भाषा र कला मात्रको क्षेत्र नभई कृषि क्षेत्रमा स्याउ, दाँते ओखर, फापर, मार्सिधान, चिनो कागुनो लगागतका अर्गानी अन्न वालीको उत्पादन गर्ने जमिन पनि यहि क्षेत्रमा खेती योग्य जमिन रहेको छ । अझै कला साँस्कृतिकहरु हराउँदै गएका छन् । यिनिलाई जोर्गेना र संरक्षण गर्नु पर्ने हामी सबैको चिन्ताको विषय बनेको जोशीले भन्नु भयो ।
लोकबार्ता परिषद नेपालले पनि अब सिँजाको बालोनाच, हुड्के नाच, धामी नाच, मागल, झोडा, चुट्किला लगायतका साँस्कृतिकलाई जोगेर्ना गर्न लागि पर्नु पर्ने देखिएको प्रमुख जोशीले बताउनु भयो ।
जुम्ला सिँजा गाउँपालिकामा भएको लोकवार्ता परिषद सङगोष्ठी कार्यक्रममा प्रमुख अथिति रहनु भएकोका जोशीले भने, प्राचिन कालमा सिँजामा खस भाषाको उत्पति भएको ठाउँमा अहिले नेपाली भाषा हराउँदै गएको छ । भाषा हराउनु भनेको विदेशीले भाषा हराइ दिएका होइनन् । हामी नेपालीले नै हाम्रो भाषा हराएका हौं , जोशीले बताए ।
यस कार्यक्रममा सिँजाका हिमा, कनकासुन्दरी र सिँजा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, राजनितिज्ञ्यहरु, समाज सेवि, शिक्षक वुद्दिजिवी लगायतको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा खस भाषाबाट विभिन्न कला साँस्कृतिकहरु प्रदशर्न गरिएको थियो ।