जुम्ला ।
नेकपा ९एमाले ० कनकासुन्दरी गाउँपालिका कमिटिको दोश्रो गाउँपालिका अधिवेशन शुक्रबार सम्पन्न भएको छ ।
कनकासुन्दरी गाउँपालिका कमिटि अधिवेशन उद्घाटन सत्रको अध्यक्षता जयवहादुर वुढाले गरेका थिए । प्रमुख अतिथि नेकपा एमालेका जुम्ला जिल्ला अध्यक्ष शान्ति लाल महत विषेश अतिथि प्रदेश ख इन्चार्ज जय वहादुर खत्री , चुक्की शाही,गोर्ख पछाइ, जिल्ला सचिव मान वहादुर रोकाया लगाएत जिल्ला पार्टी सदस्य रहेका थिए।अधिवेशन उदघाटन पछि अध्यक्ष शान्तीलाल महतले कार्यक्रमलाइ सम्वोधन गर्दै अव मिसन ८४ मा एमाले पार्टीलाई एक नम्बर पार्टी बनाउन कनकासुन्दरी गाउँपालिकाले पनि उतिकै भुमिका रहेकाले सक्रियका सथा पालिका कमिटिले गतिविधि सक्रिय रुपमा वढाउनु पर्ने बताए ।
प्रदेश सदस्य जय वहादुर खत्रीले पनि कनकासुन्दरीमा पार्टीलाई अघि बढाउन सवै क्रियाशिल भएर लाग्नुपर्ने वताए । वन्द सत्र पछि निर्वाचन मण्डलका संयोजद्धारा नेकपा एमालेको कनकासुन्दरी गाउँकमिटिका अध्यक्ष जय वहादुर वुढाको अध्यक्षमा ३१सदस्यीय पालिका कमिटि सर्वसम्मत गठन भएको घोषणा गरेका छन । सवैलाई निर्वाचन कमिटिले धन्यवाद दियको छ । पालिका अधिवेशन कनकासुन्दरी वाट सुरु गरियको पनि आयोजकले बताएको छ ।