प्रधानमन्त्री ओली : कोप–२९ मा हिमालदेखि समुद्रसम्मका विषय सशक्त रूपमा उठाइनेछ
प्रधानमन्त्री ओली : कोप–२९ मा हिमालदेखि समुद्रसम्मका विषय सशक्त रूपमा उठाइनेछ
    • बेल संचार

    • १० कार्तिक २०८१, शनिबार

काठमाडाैं।

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी महिना अजरबैजानको बाकुमा हुने जलवायुसम्बन्धी विश्व सम्मेलन (कोप–२९) हिमालदेखि समुद्रसम्मका विषयलाई सशक्त रुपमा उठाइने बताएका छन् ।

वन तथा वातावरण मन्त्रालयले शुक्रबार आयोजना गरेको राष्ट्रिय जलवायु सम्मेलनमा उनले संयुक्त राष्ट्रसङ्घको ७९औं महासभामा आफूले राखेका जलवायु न्यायसम्बन्धी विषयलाई कोप–२९ सम्मेलनमा सशक्त रूपमा आवाज उठाउने बताएका हुन् ।

वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद्को तेस्रो बैठकले जलवायु परिवर्तनमा नेपालको अडान र दृष्टिकोणलाई कोप–२९ मा प्रस्तुत गर्ने निर्णय गरेको छ ।

कोप–२९ मा राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वको प्रतिनिधिमण्डल सहभागी हुने कार्यक्रम छ ।

प्रधानमन्त्री ओलीले मुलुकका हिमालहरूले विश्व तापमानलाई सन्तुलित बनाउन योगदान गरिरहेको सन्दर्भमा विश्वमा भएको कार्बन उत्सर्जनका कारणबाट हिमालहरू जोगाउनु र देशले कार्बन उत्सर्जन गर्ने मुलुकबाट उचित क्षतिपूर्ति पाउनु विश्वको हितमा हुने बताए ।

साताकाे चर्चित
सम्बन्धित