पाकिस्तानमा सञ्चालन हुने क्रिकेट प्रतियोगिताका लागि खेलाडीहरू छनौट
पाकिस्तानमा सञ्चालन हुने क्रिकेट प्रतियोगिताका लागि खेलाडीहरू छनौट
    • शर्मिला विश्वकर्मा

    • १० कार्तिक २०८१, शनिबार

काठमाडौँ

नेपालमा वि.स.२०६३ साल देखि नेत्रहीन क्रिकेट संघ नेपालले नेत्रहीन क्रिकेट खेलको सुरुवात भएको हो । विभिन्न कारणले दृष्टिविहीन तथा अन्य अपाङ्गता भए पछि हाम्रो समाजमा उनीहरूलाई बोझको रूपमा लिने, केही गर्न सक्दैनन् भन्दै कमजोरीको रूपमा लिने गरिन्छ ।

तर दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरू घर परिवार, समाजको बोझ होइनन् , अवसर पायो भने देशलाई विश्वमा चिनाउन सक्षम हुन्छन् भन्ने उदाहरण नेत्रहीन क्रिकेट खेल मार्फत प्रस्तुत गरी सकेका छन् । पटक पटक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा क्रिकेट खेल प्रतियोगितामा भाग लिइसकेका नेपालका दृष्टिविहीन क्रिकेट खेलाडीहरूले फेरी पनि आगामी नोभेम्बर २०२४ नोभेम्बर २२ देखि डिसेम्बर ३ सम्म पाकिस्तानमा सञ्चालन हुने 4th Edition of T-20 World Cup Cricket of the Blind 2024 प्रतियोगितामा सहभागिता हुने भएका छन् ।

यस प्रतियोगितामा राष्ट्रिय नेत्रहीन क्रिकेट पुरुष टोलीको दोस्रो चरणको छनौट खेलबाट १५ खेलाडीहरूको छनौट गरेको छ । गत कात्तिक ४ र ५ गते काठमाडौँको मनमैजु, तार्केश्वर नगरपालिका स्थित एन्जल्स स्पोर्ट्स एकेडेमीमा १९ जना दृष्टिविहीन क्रिकेट खेलाडीहरू मध्यबाट अन्तिम १५ खेलाडीहरूको छनौट गरिएको हो नेत्रहीन क्रिकेट संघ, नेपालका कोषाध्यक्ष उपेन्द्र श्रेष्ठले बताउनु भयो ।

आगामी नोभेम्बर २०२४ नोभेम्बर २२ देखि डिसेम्बर ३ सम्म पाकिस्तानमा सञ्चालन हुने 4th Edition of T-20 World Cup Cricket of the Blind 2024 प्रतियोगितामा सहभागिता हुने १५ जना राष्ट्रिय नेत्रहीन क्रिकेट टोलीका पुरुष खेलाडीहरूमा रमेश बहादुर बानियाँ, कप्तान पदम बहादुर बडैला, उपकप्तान सुनिल सुवेदी क्षत्री, सागर लामा, दुर्गादत्त पौडेल, प्रेम बहादुर क्षेत्री, निश्चल सिवाकोटी, भरत थापा, प्रविन स्याङ्तान, मदन न्यौपाने, अमिश गुरागाईँ, सन्त पहरी, सुनिल राना मगर, नरेश चौधरी र पदम कार्की गरी १५ खेलाडीहरूको छनौट गरिएको हो ।

उक्त छनौट समितिको संयोजकमा वरिष्ठ क्रिकेट प्रशिक्षक अरुन अर्याल रहनु भएको थियो भने,सुनोज भट्टराई, नहेन्द्र निरौला र तुम्बुरु उप्रेती सदस्य रहनु भएको थियो ।

साताकाे चर्चित
सम्बन्धित