अज्ञात समूहले बारामा धारिलो हतियार प्रयोग गरी एक जनाको हत्या
अज्ञात समूहले बारामा धारिलो हतियार प्रयोग गरी एक जनाको हत्या
    • बेल संचार

    • ११ कार्तिक २०८१, आईतवार

बारा ।

अज्ञात समूहले बारामा धारिलो हतियार प्रयोग गरी एक जनाको हत्या गरेको छ ।महागढीमाई नगरपालिका–१ मा धारिलो हतियार प्रयोग  गरी स्थानीय ५५ वर्षीय नारायण यादवको शनिबार हत्या गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाश सापकोटाले जानकारी दिए ।

बटुवाले देखेपछि घटनाबारे प्रहरीलाई खबर गरेका थिए । गम्भीर घाइते यादवलाई प्रहरीले उपचारका लागि प्रादेशिक अस्पताल भर्ना गरेको थियो । उनको उपचारका क्रममा मृत्यु भएको प्रवक्ता सापकोटाले बताए । यादवको हत्याबारे केही खुल्न नसकेको र यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

साताकाे चर्चित
सम्बन्धित