सुनको मूल्य हालसम्मकै उच्च
सुनको मूल्य हालसम्मकै उच्च
    • बेल संचार

    • ११ कार्तिक २०८१, आईतवार

काठमाडौं ।

आइतबार सुनको भाउ तोलामा १४ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलाको १ लाख ६६ हजार रुपैयाँ रहेको सुन यस दिन १ लाख ६७ हजार ४ सय रुपैयाँ पुगेको छ ।

सुनको यो मूल्य हालसम्मकै उच्च हो । त्यस्तै चाँदीको मूल्य तोलामा १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन २०७० रुपैयाँ रहेको चाँदी यस दिन २०८५ रुपैयाँ पुगेको छ ।

यसअघि चाँदीको मूल्यले कात्तिक ७ गते २१३५ रुपैयाँको उच्चतम रेकर्ड बनाएको थियो ।

साताकाे चर्चित
सम्बन्धित