बयानका लागि सरकारी वकिल कार्यालय रवि लामिछानेलाई लगियो
बयानका लागि सरकारी वकिल कार्यालय रवि लामिछानेलाई लगियो
    • बेल संचार

    • ११ कार्तिक २०८१, आईतवार

पोखरा ।

रवि लामिछानेलाई थप बयानका लागि सरकारी वकिलको कार्यालय लगिएको छ । रास्वपा सभापति लामिछानेलाई सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोप छ ।

उनीमाथि प्रहरीले सङ्गठित अपराध, सम्पत्ति शुद्धीकरण र सहकारी ठगी आरोपमा अनुसन्धान गरिरहेको छ ।

लामिछानेलाई दोस्रो पटक ७ दिनको म्याद थप गरिएको छ । कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका लामिछानेको अनुसन्धान म्याद १४ गतेसम्म छ ।

१५ गतेदेखि तिहार बिदा हुने र अदालत बन्द हुने भएकोले उनलाई २० गते मात्रै अदालतमा पेस गरिनेछ ।

साताकाे चर्चित
सम्बन्धित