नागार्जुन नगरपालिका वडा १० को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
नागार्जुन नगरपालिका वडा १० को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
    • बिर बहादुर राना

    • ११ कार्तिक २०८१, आईतवार

काठमाडौं ।

संमृद्ध नागार्जुनको आधार, पर्यटन सहितको पूर्वाधार भने मुल नाराका साथ नागार्जुन नगरपालिका वडा १० ले विकास निर्माण तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी विषयमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको छ ।

वडाले आर्थिक बर्ष ०८०/०८१ मा सम्पादन गरेको कामको प्रभावकारीता तथा नागरिकको सन्तुष्टी तथा गुनासो सुनुवाई गर्ने उदेश्यका साथ सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको हो ।
वडाले वर्षभरी गरिएका योजना तथा प्रदान गरिएका सेवाको पादर्शीता सुनिश्चीत गर्नका लागी वडाले अब बाट प्रत्येक वर्ष सार्वजनिक सुनुवाई गर्ने वडा अध्यक्ष सुन्दर बहादुर केसीले बताएका छन् ।

नागार्जुन नगरपालिका वडा १० का अध्यक्ष सुन्दर बहादुर केसीको अध्यक्षतामा संचालन गरिएको कार्यक्रमको प्रमुख अतिथि काठमाडौं जिल्लाका समन्वय समितिका  प्रमुख सन्तोष बुढाथोकी रहेका थिए । भने त्यस्तै अन्य अतिथिहरुमा बिदुर पन्त, सितल भित्र कोटि, सुन्दर पन्त, कल्याणि खड्का, नवीन कार्कि, शिव कुमार पन्त, किशा्ेर खत्री, शशी खड्का, सुवास लामिछाने, डा. पुष्प राज पोडेल, डा. घमराज लुइँटेल, नागार्जुन नगरपालिका विज्ञ हरिदत्त पोेडेल, र प्रहरी प्रमुख उत्तम राज आचार्य उपस्थिती रहेको थियो । कार्यक्र संजालन भने वडाकै सचिव श्री लक्ष्मी ज्ञवालीले गर्नु भएको थियो ।

कार्यक्रमका सहभागीले वडाको विकासका लागी सबै राजनीतिक पार्टी  एक भयर लाग्नु पर्छ भने सुझाब दिएका थिए। भने सबै स्थानीय हरुको एउटै गुनासो वडामा खानेपानिको समस्या छ । यस्लाई छिटो छरितो उपलब्ध गराउनु पर्ने माग गरेका थिए । उपस्थीत सबै सहभागीले सेवा प्रवाहको गुनासो तथा विकास निर्माणका काम बारे प्रश्न तथा सुझाब दिएका थिए । नार्गाजुन नगरपालिका वडा १० का अध्यक्ष सुन्दर बहादुर केसीले सबै सहभागहरुको गुनासोको जवाफ दिदै सुझावको लागी धन्यवाद ब्यक्त गरेका थिए ।

 

साताकाे चर्चित
सम्बन्धित