आगमन संरक्षण समाजद्वारा तेस्रो अन्तर्राष्ट्रिय संरक्षक दिवस मनाइयो
आगमन संरक्षण समाजद्वारा तेस्रो अन्तर्राष्ट्रिय संरक्षक दिवस मनाइयो
    • शर्मिला विश्वकर्मा

    • १४ कार्तिक २०८१, बुधबार

काठमाडौँ 

परिवर्तनका लागि सहयात्रा ” भन्ने मूल नारा सहित तेस्रो अन्तर्राष्ट्रिय संरक्षक दिवस काठमाडौंमा मनाइएको छ । हरेक वर्ष अक्टोबर २९ तारिका दिन अन्तर्राष्ट्रिय संरक्षक दिवस मनाउने क्रममा यस वर्ष पनि आगमन संरक्षण समाजको आयोजनामा अन्तर्राष्ट्रिय संरक्षक दिवस २०२४ मनाइएको छ । कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि मस्तिष्क पक्षाघात स्वावलम्बन समूह नेपालका कार्यकारी प्रमुख शुशिलमान सिंह प्रधानले यस संरक्षक दिवस विश्वव्यापी रूपमा विश्वमा नै मनाउँदै आइने भन्दै अपाङ्गता भएका व्यक्तिहरूका अभिभावकहरूको सु-स्वास्थ्य, आराम, आफ्नै लागि पनि समय उपलब्ध गर्न सकियोस् साथै राज्यले उनीहरूको हक हित र अधिकार सुनिश्चितताका लागि काम गर्नु पर्ने बताउनु भयो ।

उक्त कार्यक्रममा आयोजक संस्था आगमन संरक्षण समाजकी कार्य बाहक अध्यक्ष सुशीला मल्ल ठकुरीले संरक्षक सबै जनालाई आवश्यक हुने तर ती संरक्षकहरूका लागि समय नहुँदा, उचित स्वास्थ्य सेवा नपाउँदा, २४ सै घण्टा अपाङ्गता भएका सन्तानको स्याहार सुसार गरी रहनु पर्दा उनीहरूको मानसिक अवस्थामा नराम्रो असर गर्ने बताउनु भयो । साथै उहाँले यस विषयमा सबैले साथ सहयोग गर्ने बताउनु भयो । त्यसै गरी प्रोफेसर डा. तिमीला यामीले संरक्षक सबैका लागि अति आवश्यक हुने भन्दै उनीहरूको हक हित र अधिकारका लागि सबै निकायहरूले सम्बन्धित निकायमा आवाज उठाउनु पर्ने बताउनु भयो ।

त्यसै गरी आयोजक संस्था आवगमन संरक्षण समाजकी सचीव लक्ष्मी बस्नेतले सरोकारवाला निकायहरु  तथा निजी क्षेत्रले पनि अपाङ्गता भएका व्यक्तिहरूका संरक्षकहरूका विभिन्न चुनौतीहरूको समाधानका लागि, उनीहरूको हक अधिकार सुनिश्चित गर्नका लागि सबै सरोकारवाला निकायहरूले ध्यान दिनु पर्ने बताउनु भयो ।

यस कार्यक्रममा काठमाडौँ महानगरपालिका वडा नं २४ का वडा अध्यक्ष विनोद कुमारराज भण्डारीले अपाङ्गता भएका व्यक्तिहरूका अभिभावकहरूले धेरै नै दुःख, कठिनाइ तथा चुनौतीको सामना गर्ने पर्ने भएकोले उनीहरूको आराम तथा हितको लागि हामी सबैले काम गर्नु पर्ने बताउनु भयो । साथै उहाँले आगामी वर्षमा संरक्षक दिवस मनाउनका लागि आवश्यक बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । यसै क्रममा बहिरादृष्टिविहिन अभिभावक समाजका अध्यक्ष तथा संरक्षक सञ्जालका सदस्य लाक्पा नोरु शेर्पाले २४ सै घण्टा अपाङ्गता भएको सन्तानको स्याहार सुसार गरेर बस्दा मानसिक तनाव हुने, बाहिरी कुनै पनि कार्यलाई सफल बनाउन असहज नहुने, स्वास्थ्य अवस्था बिग्रिने लगायतका समस्याहरू रहेको बताउनु भयो । यस विषयमा राज्यको ध्यान केन्द्रित हुन पर्ने बताउनु भयो ।

उक्त कार्यक्रम बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपाल तथा संरक्षक सञ्जालका सदस्य राजु बस्नेतले हाम्रो ऐन, कानुन तथा नीति नियमहरूले अभिभावकहरूको संरक्षण गरिनु पर्ने, यसका लागि वकालत तथा पैरवी गरिनु पर्ने कुरामा जोड दिँदै शुभकामना व्यक्त गर्नु भयो ।

यस दिवसको अवसरमा पूर्ण तथा अति असक्त र अन्य अपाङ्गता भएका व्यक्तिहरूका अभिभावकहरू, सरोकारवाला निकायका प्रतिनीदहरू सहितको सहभागितामा काठमाडौँको शान्ति बाटिकाबाट र्‍याली निकालिएको थियो । उक्त र्‍यालीको उद्घाटन मस्तिष्क पक्षाघात स्वावलम्बन समूह नेपालका कार्यकारी प्रमुख शुशिलमान सिंह प्रधान र प्रोफेसर डा. तिमीला यामीले संयुक्त रूपमा रिबन काटेर गर्नु भएको थियो । जनचेतनाका लागि शान्ति बाटिकाबाट निकालिएको र्‍याली जमल, घण्टाघर हुँदै प्रज्ञा भवनमा गएर शुभकामना आदान प्रदान कार्यक्रममा परिणत भयो ।

साताकाे चर्चित
सम्बन्धित