मङ्गलाघाटमा  बनाइएको झोलुङ्गे पुल मर्मतसम्भार
मङ्गलाघाटमा  बनाइएको झोलुङ्गे पुल मर्मतसम्भार
    • बेल संचार

    • १४ कार्तिक २०८१, बुधबार

म्याग्दी ।

विसं १९४४ मा स्थानीय प्रविधि र स्रोतसाधन प्रयोग गरेर मङ्गलाघाटमा  बनाइएको झोलुङ्गे पुल मर्मतसम्भार भएको छ । मर्मतसम्भार गरेपछि पुल नयाँजस्तै देखिएको छ ।

प्रादेशिक झोलुङ्गे पुल कार्यक्रमको सहयोग, मिलन म्याग्दीको सामाजिक परिचालनमा बेनी नगरपालिकाले पुल ममत गरेको हो ।

एक सय ३७ वर्षअघि बागलुङको गलकोटका लालप्रसाद शेरचनले लुकुर वनको काँचो फलाम र म्याग्दीको रुमगाउँका स्थानीयको सीप प्रयोग गरी उक्त पुल बनाइएको स्थानीय बुढापाकाको कथन छ ।

साताकाे चर्चित
सम्बन्धित