सिँजाका क्यान्सर पिडित बिर्ष रावलको दर्दनाक अवस्था
सिँजाका क्यान्सर पिडित बिर्ष रावलको दर्दनाक अवस्था
    • उमेश बुढा

    • १६ कार्तिक २०८१, शुक्रबार

जुम्ला ।

क्यान्सरले घरमै थला परेका सिँजा ५ गोराका ४४ वर्षका बिर्ष रावलको दर्दनाक अवस्था रहेको छ ।

उनको उपचारको लागि मेडिकल कलेज कोलपुरमा ३ पटक उपचार गरेको आफन्तले बताएका छन् ।

त्यस पछि शुशिल कोइराला  क्यान्सर अस्पतालमा पनि उपचार गरेर पनि सन्चो भएको छैन ।

अहिले सम्म उनको पटक पटक उपचार गरेर झण्डै ४ लाख रुपैयाँ खर्च भएको छ । त्यो रुपैयाँ पनि इष्टमित्र , आफन्त र गाउँघरका दाजु भाईहरुसँग जोखो गरेर उपचार गराएका थिए ।

रावललाई उपचारको लागि अनुमानित लागत ८ देखि १० लाख लाग्ने देखिए पछि अहिले गोरा गाउँ वासीहरुले विर्ष रावल बचाऊ अभियान सञ्चालन गरेका छन् ।

सहयोगी मनहरुले नबिल बैंकमा रहेको खाता २१०१००१७५०४०८५ मा सहयोग गरिदिनको लागि अभियानता आयोजक समस्त गोरा गाउँ वासीले सबै सहयोगी मन भएकालाई अपिल गरेका छन् ।

रावल अहिले पैसाको अभावले घरमै छटपटाइ रहेका छन् । अनको अवस्था गम्भीर रहेको र दर्दनाक रहेको छ ।

साताकाे चर्चित
सम्बन्धित