आज छठ पर्वको अन्तिम दिन: उदाउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदै
आज छठ पर्वको अन्तिम दिन: उदाउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदै
    • बेल संचार

    • २३ कार्तिक २०८१, शुक्रबार

काठमाडौँ 

छठ पर्वको अन्तिम दिन शुक्रबार उदाउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ ।

कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यो पर्वमा सूर्यदेवको आराधना, उपासना र पूजा गरिन्छ । सत्य र अहिंसाप्रति मानवको रूची बढाउने तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको मुख्य विशेषता हो ।

सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो, जसमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गरिन्छ ।बिहीबार साँझ देशरभर अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो । आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिईँदैछ ।

साताकाे चर्चित
सम्बन्धित