सभामुख घिमिरे : फाल्गुनन्द अगुवा समाज सुधारक
सभामुख घिमिरे : फाल्गुनन्द अगुवा समाज सुधारक
    • बेल संचार

    • २५ कार्तिक २०८१, आईतवार

काठमाडौँ ।

सभामुख देवराज घिमिरेले किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्द मुलुकका अगुवा समाज सुधारक रहेको बताएका छन् ।

फाल्गुनन्दको एक सय ४० औँ जन्म जयन्तीका अवसरमा ललितपुरको महालक्ष्मी– ८, शङ्खादेवीमा भएको कार्यक्रममा सभामुख घिमिरेले ‘सत्य धर्म मुचुल्का’ आज पनि उत्तिकै सान्दर्भिक रहेको बताए ।

‘किराँत, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा फाल्गुनन्दको योगदान महत्त्वपूर्ण छ,’ सभामुख घिमिरेले भने, ‘१९८८ साल वैशाख २४ गते जारी गरिएको सत्य धर्म मुचुल्का समाजको मार्गदर्शन थियो ।’

किरात माङ्सेसे हाङ्साम माङ्हिमले आयोजना गरेको कार्यक्रममा सभामुख घिमिरेले मद्यपान तथा मासु सेवन नगर्ने, मृत्यु संस्कार तीन दिनमा सम्पन्न गर्नेजस्ता फाल्गुनन्दका नीति समाज सुधारका लागि महत्त्वपूर्ण दस्तावेज भएको बताए । उनले फाल्गुनन्दले प्रतिपादन गरेका सिद्धान्तलाई किरात समुदायमा मात्रै सीमित नगरी देशैभर फैलाउन जरुरी रहेको बताए ।

साताकाे चर्चित
सम्बन्धित