काठमाडौँ ।
कुलेखानी जलविद्युत् आयोजनामा भएको भएको क्षतिबारे अध्ययन गर्न बनेको समितिले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कालाई प्रतिवेदन बुझाएको छ ।
असोजको ११ र १२ गते परेको पानीका कारण कुलेखानी जलविद्युत् आयोजना भरिँदा ड्यामको ढोका खोलिएको थियो ।
ढोका खोल्दा तटीय क्षेत्रमा क्षति भएपछि ऊर्जा मन्त्रालयले असोज २२ गते विद्युत् विकास विभागका उपमहानिर्देशक गोकर्णराज पन्थको संयोजकत्वमा अध्ययन समिति गठन गरेको थियो ।
समितिले स्थलगत अध्ययन तथा छानबिन गरी तयार पारेको प्रतिवेदन मंगलबार बुझाएको हो ।
प्रतिवेदनमा ड्यामको ढोका मापदण्ड अनुसार खोलिएको वा नखोलिएको विषयमा समेत उल्लेख गरिएको जनाइएको छ ।