सिँजा २ मा बालविवाह मुक्त र शत प्रतिशत विद्यार्थी भर्ना वडा घोषणा
सिँजा २ मा बालविवाह मुक्त र शत प्रतिशत विद्यार्थी भर्ना वडा घोषणा
    • उमेश बुढा

    • १ मंसिर २०८१, शनिबार

जुम्ला ।

सिँजा गाउँपालिका वडा नं २ बालविवाह मुक्त तथा शत प्रतिशत विद्यार्थी भर्ना वडा घोषणा भएको छ । शनिवार आयोजित एक कार्यक्रमका बीच सिंजा २ नम्बर वडालाई बालविवाह मुक्त र शत प्रतिशत बालबालिका विद्यालय भर्ना वडा घोषणा गरिएको हो ।

सिंजा २ का विद्यालय भर्ना उमेर समुहका सबै बालबालिका विद्यालयको पहुँचमा पुगेको सुनिश्चित भएको छ । भने बालविवाह मुक्त वडा घोषणा हुनु अगाडि तोकिएका विभिन्न १५ वटा सूचक सबै पूरा भएपछि वडालाई बालविवाह मुक्त गरिएको सिंजा २ का वडाध्यक्ष तीर्थ वडले बताए ।

उक्त वडामा रहेका घोडेङगा, बिष्टबाडा, रनुखाना, अगस्तीबाडा,चुलेलगाउँका कूल ४ सय १० घरधुरी बालविवाह विरुद्द एकजुट भएसंगै वडालाई जिल्लाकै छैटौ वडाका रुपमा बालविवाह मुक्त वडा घोषणा भएको हो ।

उक्त वडामा रहेका माध्यमिक विद्यालय चुलेलगाउ,रोप्नी जनजागृती आधारभूत रनुखाना,कालिका आवि विष्टबाडामामा विद्यालय उमेर समुहका ४ देखि माथि र १६ वर्षमुनिका सबै बालबालिका विद्यालयको पहुँचमा पुगेको सुनिश्चित भएपछि शत प्रतिशत विद्यार्थी विद्यालय घोषणा गरिएको हो ।

पेश नेपाल,क्याड नेपाल र प्लान नेपालको सहयोग तथा समन्वय र वडा नं २ को आयोजनामा बालविवाह मुक्त वडा घोषणा गरिएको हो ।

निर्धारित सूचक पूरा गर्दै सिंजा(२ जिल्लाकै छैटो वडाका रुपमा बालविवाहमुक्त घोषणा भएको सिंजा गाउँपालिका वडा नं २ का अध्यक्ष वडले उल्लेख गरे । उनका अनुसार विद्यालय उमेर समुहका कोहि पनि बालबालिका घरमा छैनन् । भने उमेर नपुग्दै हुने विवाह पनि शुन्यमा झरेको छ ।

सिंजा गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धितालले ग्रामिण गाउँमा जनचेतना अभिबृद्दि भए संगै बाल विवाह घट्नुका साथै विद्यालय पहुँचमा बालबालिकाको बृद्दि भएको बताए । सामाजिक सशक्तिकरणका लागि पालिकाले पनि लगानी गर्दै आएको उल्लेख गरे ।

बालविवाह मुक्त वडा घोषणा प्रक्रिया सम्म आईपुग्दा स्थानीय सरकार संग समन्वय गरि पेश नेपाल,प्लान नेपालले विभिन्न कार्यक्रम संचालन गरेका थिए । सन् २०३० सम्म बालविवाह मुक्त नेपाल घोषणा गर्ने सरकारी लक्ष्यनुसार वडा हुँदै पालिका धमाधम बालविवाहमुक्त घोषणा हुन थालेका छन् ।

घोषणा कार्यक्रममा सहभागी राजनीतिक दलका प्रतिनिधिहरुले बालविवाह विरुद्द एकजुट हुने एकेबद्दता जनाए । बालविवाहकै कारण शिक्षा,स्वास्थ्य,रोजगारका अबसरबाट बन्चित हुनुका साथै स्वास्थ्यमा समेत प्रतिकुल असर पर्ने भएकोले राजनीतिक दलदेखि नागरिक अगुवा जागरुक हुनु पर्नेमा जोड दिए ।

क्याड नेपाले उक्त वडामा विद्यालय बाहिर बालबालिका रहे नरहेको विषयमा सर्वे गर्यौ । सर्वेका क्रममा वडाभरी ६ जना बालबालिका मात्रै विद्यालय बाहिर रहेको भेटियो ।

उनीहरुलाई आबश्यक शैक्षिक सामाग्री सहयोग गरि विद्यालयको पहुँचमा पुराएपछि शत प्रतिशत विद्यार्थी भर्ना वडा घोषणा गरिएको राजेश प्रकाश ऐडीले बताए ।

उक्त वडामा बालविवाह घोषणा हुनु अघि जनचेतना अभिबृद्दि,घरधुरी सर्वेक्षण,सामाग्री सहयोग लगायतका काम गरेको पेश नेपालका परियोजना अधिकृत उषा ज्ञवालीले बताईन् ।

साताकाे चर्चित
सम्बन्धित