काठमाडौं ।
कास्की र मनाङ जिल्लाको सीमा क्षेत्रमा भूकम्प गएको छ ।
दुई जिल्लाको सीमा क्षेत्रमा पर्ने अन्नपूर्ण दोस्रोमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार अन्नपूर्णा दोस्रो क्षेत्रमा आज बिहान १० बजेर १३ मिनेट जाँदा ४.२ म्याग्निच्युडको भूकम्प गएको हो ।