सामाजिक सुरक्षा कोष ७ औँ वर्षमा प्रवेश
सामाजिक सुरक्षा कोष ७ औँ वर्षमा प्रवेश
    • बेल संचार

    • ११ मंसिर २०८१, मंगलवार

काठमाडौँ ।

सामाजिक सुरक्षा कोष ७ औँ वर्षमा प्रवेश गरेको छ । २०७५ साल मंसिर ११ गतेदेखि औपचारिक रूपमा सुरुवात भएको कोषमा हाल १७ लाख ९७ हजार बढी योगदानकर्ता (श्रमिक) आबद्ध भएका छन् ।

७ औँ वर्षमा प्रवेश गरेको अवसरमा कोषले स्थापना दिवस मनाएको छ । दिवसको अवसर पारेर प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका सरोकारवाला निकायको उपस्थिति रहेको छ ।

कोषका कार्यकारी निर्देशक कविराज अधिकारीका अनुसार कोषमा हालसम्म १७ लाख ९७ हजार ६४० जना योगदानकर्ता (श्रमिक) आबद्ध भएका छन् । भने १९ हजार ७६९ रोजगारदाता समेत आबद्ध भएका छन् ।

जसमा १२ लाख ५३ हजार ६१५ जना वैदेशिक रोजगारीमा रहेका श्रमिक छन् । कोषमा हाल ६८ अर्ब ६८ करोड रुपैयाँ जम्मा भएको कार्यकारी निर्देशक अधिकारीले बताए । कोषले स्वास्थ्य उपचार, पेन्सन लगायतका सुविधाका लागि ११ अर्ब ६२ करोड रुपैयाँ भुक्तानी गरेको छ ।

कोषले हाल औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना, वृद्ध अवस्था सुरक्षा योजना लगायतका योजना अघि सारेको छ ।

साताकाे चर्चित
सम्बन्धित