काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षाको दायरालाई सरकारले विस्तार गर्ने घोषणा गरेका छन् ।
सातौँ सामाजिक सुरक्षा दिवसका अवसरमा सामाजिक सुरक्षा कोषले मंगलबार गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आगामी ९० दिनपछि योगदानकर्ताका छोराछोरीले पनि कोषबाट लाभ पाउने र एक लाखभन्दा बढी उपचार खर्च लाग्ने योगदानकर्तालाई लाग्ने खर्चको ५० प्रतिशत कोषबाट व्यहोरिने घोषणा गरेका हुन् ।
संविधानमा गरिएको मौलिक हकका व्यवस्था र दायित्वप्रति सरकार जिम्मेवार र जबाफदेही हुने भन्दै प्रधानमन्त्री ओलीले मुलुकलाई गरिबी र पछौटेपना नभएको तथा आधुनिक, विकसित र समृद्धि बनाउने बताए । कार्यक्रममा कोषअन्तर्गत बढी योगदान दाता र सेवा दिने विभिन्न व्यक्ति र संस्थालाई पुरस्कृत गरिएको थियो ।