काठमाडौं ।
चक्रपथ सरसफाइ महा अभियानले ४०० औं हप्ता पुरा भएको अवसरमा यहि मंसिर १५ गते शनिवार ग्रीन सिटी हस्पिटल बसुन्धारा चौकीमा बृहत कार्यक्रम गर्ने भएको छ । २०७४ बैसाक २ गते बाट शुरु भएको यो अभियानले कोटेश्वर बाट पश्चिम तथा कलंकी बाट पुर्वको चक्रपथ क्षेत्रलाई आफ्नो कार्यस्थल बनाएर कार्य गरिरहेको छ । ग्रीन सिटी हस्पिटलका अध्यक्ष लोक बहादुर टण्डनको संयोजकत्वमा चलेको यो अभियानले २०७४ साल बाट अहिले सम्म पनि प्रतेक शनिवार निरन्तर कार्यक्रम गरिरहेको छ ।
५० हप्ता १०० हप्ता २०० हप्ता पुगेको अवसरमा बिशेष कार्यक्रम गरेको यो अभियानले ४०० हप्ता पुरा भएको अवसरमा अभियन्ता सम्मान,बृहत रक्तदान तथा सांस्कृतिक कार्यक्रम गर्ने जनाएको छ । पछिल्लो समय निकै चर्चित गीत हरु गाएर आम दर्शक श्रोताको मन जित्न सफल गायक तिलक बस्नेतले व्यवस्थापन गरिरहेको यस अभियानमा सामाजिक अभियन्ता जित बहादुर हमाल,पुण्य रत्न बज्राचार्य,लिला खनाल,उत्तम घिमिरे लगायतले साथ दिइरहेका छन् । चक्रपथ क्षेत्रमा भएको फोहरको डंगुरलाई डोजर लगाएर समेत उठाएर ब्यवस्थापन गरेको यस अभियानलाई फोहर ब्यवस्थापन कम्पनि नेप्से म्याक सेवा प्रा.लि.,हिमालयन वातावरण संरक्षण प्रा.लि.,फुलबारी सेवा प्रा.लि.,बिनायक फोहर ब्यवस्थापन प्रा.लि.,परिवर्तन सेवा प्रा.लि.,ग्रीन सिटी सेनिटेशन लगायतले सहयोग गरिरहेका छन् ।
यस अभियानमा व्यक्तिगत रुपमा हजारौं र संस्थागत रुपमा सयौं संस्थाहरुको सकृय सहभागिता रहेको छ भने आर्थिक रुपमा ग्रीन सिटी हस्पिटलले साथ सहयोग दिईरहेको छ । शुरुका दिनहरुमा अत्यधिक फोहर भए पनि हाल भने साना तिना फोहरहरु मात्र रहेकोले यो बिचमा निकै परिर्वतन भएको संयोजक लोक बहादुर टण्डन बताउनुहुन्छ ।
चक्रपथ बिस्तारमा रहेको कारण यो क्षेत्रमा अहिले फोहर भन्दा पनि धुलोको समस्याले आम नागरिकलाई प्रभाव पारिरहेकोले अबको अभियान यता केन्द्रित हुनु पर्नेमा अभियन्ताहरुले जोड दिइरहेका छन् । ४०० औं हप्ताको कार्यक्रममा हुने बृहत कार्यक्रमको आयोजना ग्रीन सिटी अस्पताल र रोटरी क्लब अफ काठमाडौं डाउन टाउन तथा सह आयोजना ब्लड डोनर्श एसोसियशन काठमाडौं मध्य क्षेत्रले गर्ने भएको छ भने बिभिन्न संघ संस्थाले सकृय सहभागिता जनाउने भएका छन् ।
यस कार्यक्रमको मिडिया सपोर्टरको रुपमा नेपाली मिडिया अनलाईन टिभि ,राष्ट्रिय खबर डटकम,सारा खबर डटकम,तुफान न्युज डटकम तथा शान्ति नेपाल डटकम लगायत रहेका छन् । रक्त अभावलाई कम गराउन रक्तदान कार्यक्रम गरिएकोले सकेसम्म मिल्ने जतिले यो कार्यक्रममा सहभागि भई रक्तदान गर्न आयोजक समितिले आह्वान समेत गरेको छ ।