मतदाता नामावलीमा नाम समावेश भएकाले यी परिचयपत्रका आधारमा गर्ने व्यवस्था
मतदाता नामावलीमा नाम समावेश भएकाले यी परिचयपत्रका आधारमा गर्ने व्यवस्था
    • बेल संचार

    • १६ मंसिर २०८१, आईतवार

काठमाडौँ ।

आज ४१ स्थानीय तहमा उपनिर्वाचन भइरहेको छ ।  निर्वाचन आयोगका सहसचिव नीता पोख्रेल अर्यालले  गर्भवती, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, बिरामी, किरियापुत्री, सुत्केरी तथा अन्य (लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक) मतदातालाई प्राथमिकताका आधारमा मतदान गर्ने व्यवस्था मिलाइएको बताइन् ।

अर्यालका अनुसार मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएका मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र वा सवारी चालक अनुमति पत्रको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउँछन् ।

साताकाे चर्चित
सम्बन्धित