जुम्ला ।
बाल विवाह न्युनिकरणको अभियानले गर्दा जुम्लामा उमेर पुगेपछि विवाह गर्ने प्रचलन बढ्दो अवस्थामा छ । जुम्लाका तिनवटा स्थानीय तहको तथ्यांकले बाल विवाह घट्दो अवस्थामा रहेको देखाएको छ । साझ अभियान संजाल जुम्लाका संयोजक मानदत्त रावतले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरे अनुसार जुम्लामा बाल विवाहको अवस्था घट्दो अवस्थामा रहेको बताउनु भयो ।
उहाँका सिंजा गाउँपालिकाको विगत ४ वर्षको तथ्यांक अनुसार सन् २०२० मा ७९ प्रतिशत, २०२१ मा ७३ प्रतिशत, २०२२ मा ४८ प्रतिशत र २०२३ मा २६ प्रतिशत बालविवाह गर्ने तथ्यांक रहेको छ । कनकासुन्दरी गाउँपालिकामा सन् २०२० मा ५८ प्रतिशत, ३०२१ मा ६० प्रतिशत, २०२२ मा २५ प्रतिशत र २०२३ मा १३ प्रतिशत बालविवाह गर्नेको तथ्यांक छ । यस्तै हिमा गाउँपालिकामा सन् २०२० मा ७६ प्रतिशत, ०२१ मा ७० प्रतिशत, २०२२ मा २५ प्रतिशत र २०२३ मा २२ प्रतिशत बालविवाह गर्नेको तथ्यांक रहेको संजालका संयोजक रावलले विज्ञप्तिमार्फ जानकारी गरेकाछन्। यसैगरी जुम्म्लाका ६० वटा वडामध्ये ९ वडा बालविवाह मुक्त घोषणा भएका छन् ।
सवै स्थानीय तहका महिला बालबालिका शाखाले सरोकारवाला निकाय गैरसरकारी संस्थासँग समन्वय सहकार्य गरी बालविवाह न्यूनिकरण गर्नका लागि सचेतामुलक क्रियाकलाप सञ्चालन गर्दै आएका छन् । पातारासी गाउँपालिमा पछिल्लो एक वर्षको अवधिमा ७० जोडी विवाह गरेको तथ्यांक छ । यस मध्ये ६० जोडीले उमेर पुगेर विवाह गरेका छन् भने १० जोडीले उमेर नपुगी विवाह गर्ने गरेका छन् । तातोपानी गाउँपालिकामा १५ वटा बालविवाहका घटना भएपनि धेरैजसो उमेर नपुगी विवाह भएको जोडीको विवाह रोकिएको छ ।
सम्झाई बुझाई अभिभावकको जिम्मा लिएको छ । चन्दननाथ नगरपालिकामा गतवर्ष ६ वटा र यस आर्थिक वर्षमा २ वटा बालविवाह रोकिएका छन् । उमेर नपुगी विवाह गर्ने जोडीलाई सम्झाई बुझाई अभिभावकको जिम्मा लगाउने काम भएको छ ।
बालविवाह मुक्त वडा घोषणा हुनेमा कनकासुन्दरी गाउँपालिका– ४ र ५ पातारासी गाउँपालिका–५, तिला गाउँपालिका–६, गुठीचौर गाउँपालिका–४, सिंजा गाउँपालिका – २, ४ र ६, हिमा गाउँपालिका–१रहेको बाल विवाह विरुद्धको साझ अभियान संजाल जुम्लाले विज्ञप्तिमार्फ जानकारी गरेको छ।