काठमाडाैं ।
नेपाल प्रिमियर लिग (एनपीएल)का लागि कर्णाली याक्समा अनुबन्ध भएका भारतीय खेलाडी शिखर धवनले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् ।
धवनसहित कर्णाली याक्सका खेलाडीहरूले आइतबार बिहान पशुपतिनाथ मन्दिरको दर्शन गरेका हुन् ।
खेलाडीहरू सोमपाल कामी, गुल्शन झा, प्रशिक्षक ज्ञानेन्द्र मल्ल र फेस अफ कर्णाली याक्स स्वस्तिमा खड्कालगायतले मन्दिर दर्शन गरेका हुन् ।
एनपीएलमा कर्णाली याक्सले पहिलो खेल भोलि सोमबार दिउँसो १:१५ खेल्दैछ ।
कर्णालीले शनिबार भएको उद्घाटन खेलमा विराटनगर किंग्सलाई पराजित गरेको जनकपुर बोल्ट्सको कामना गर्नेछ ।