टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४५.४ ओभरमा १४१ रनमा समेटियो
टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४५.४ ओभरमा १४१ रनमा समेटियो
    • बेल संचार

    • १६ मंसिर २०८१, आईतवार

काठमाडौं । युएईमा जारी एसीसी यू-१९ एसिया कपमा नेपालले आफ्नो दोस्रो खेलमा बंगलादेशसँग खेलिरहेको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४५.४ ओभरमा १४१ रनमा समेटियो । नेपालका ओपनर आकाश त्रिपाठीले सर्वाधिक ४३ रन बनाए ।

बंगलादेशका अल फहाद, इकबाल हसन र रिजान होसनले २-२ विकेट लिए भने साद रजिन, उज्जमान रफी र अजिजुल हकिमले १-१ विकेट लिए ।

नेपाल पहिलो खेलमा श्रीलंकासँग ५५ रनले पराजित भएको थियो ।

साताकाे चर्चित
सम्बन्धित