नेपाल प्रहरीका ८ जना डीआईजीलाई दर्ज्यानी चिन्ह प्रदान
नेपाल प्रहरीका ८ जना डीआईजीलाई दर्ज्यानी चिन्ह प्रदान
    • बेल संचार

    • १७ मंसिर २०८१, सोमबार

काठमाडौँ ।

नेपाल प्रहरीको जनपद समूहतर्फ बढुवा भएका ८ जना डीआईजीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

बढुवा समितिको सिफारिसको आधारमा गृहमन्त्रीले ध्रुवराज राउत, भोला बहादुर रावल, गणेश चन्द, सिद्धि विक्रम शाह, सुशिल सिंह राठौर, उमा प्रसाद चतुर्वेदी, हिमालय कुमार श्रेष्ठ र डम्बर बहादुर विकलाई प्रहरी नायव महानिरीक्षकहरूमा बढुवा गर्ने निर्णय गरेका थिए ।

उनीहरूलाई सोमबार आईजीपी वसन्त कुँवरले दर्ज्यानी चिन्ह लगाइदिएका हुन् ।

आईजीपी वसन्त कुँवरले नव नियुक्त डीआईजीहरुको पदोन्नतिसँगै जबाफदेहिता, जिम्मेवारी र निर्वाह गर्नुपर्ने भूमिकाको दायरा अझ फराकिलो भएको बताए । दर्ज्यानी चिन्ह सुशोभन समारोहमा उनले भने, ‘राज्य र संगठनले तपाईँहरूबाट यसको प्रतिफलमा देश र नागरिक सेवामा रचनात्मक भूमिका र कार्यसम्पादनमा उच्च व्यावसायिकता एवम् निष्ठाको अपेक्षा गरेको छ ।’

समारोहमा पदोन्नति भएका प्रहरी अधिकृतहरूको तर्फबाट प्रतिबद्धता मन्तव्य व्यक्त गर्दै प्रहरी नायव महानिरीक्षक ध्रुवराज राउतले प्राप्त जिम्मेवारीलाई व्यावसायिक निष्ठाकासाथ राष्ट्र र नागरिकको सेवामा समर्पित भएर कार्यसम्पादन गर्ने प्रतिबद्धता गरे ।

साताकाे चर्चित
सम्बन्धित