काठमाडौँ ।
काठमाडौँ फोटोग्राफर संघले “केपीए वेडिङ फोटो अवार्ड २०२४” गर्ने भएको छ । देशैभरका फोटो ग्राफरहरुलाई लक्षित गरि आयोजना गरिएको यो अवार्डमा फोटोग्राफरहरूले आफूले खिचेका विवाहका अधिकतम २ वटा उत्कृष्ट फोटोहरू पेश गर्न सक्नेछन् ।
विवाहको भिडियो टिजर एमपिफोरमा, अधिकतम १ मिनेट ३० सेकेन्डको र २०० एमबीभन्दा कम साइजमा तयार गरी अधिकतम १ वटा भिडियो पठाउन सक्नेछन् । यहि मंसिर ३० गते सम्म आएका फोटो तथा भिडियो हरुलाई उत्कृष्टताको आधारमा अवार्ड वितरण गरिने आयोजक पक्षले जानकारी दिएको छ ।
२०८१ पौष १२ गते राष्ट्रिय नाचघर जमलमा विशेष कार्यक्रम बिच बिजेतालाई अवार्ड वितरण गरिने छ । नेपालका विवाह परम्पराको कला संस्कृति र सौन्दर्यलाई प्रोत्साहन गर्नुको साथै नेपाली फोटोग्राफरहरू सम्मान गर्नु नै यस कार्यक्रमको मुख्य उद्देश्य रहेको काठमाडौँ फोटोग्राफर संघका अध्यक्ष हरि प्रसाद घिमिरेले बताए ।
अवार्डका लागि नेपालभरका फोटो तथा भिडियो मङ्सिर ३० गतेसम्ममा पठाइसक्नु पर्ने र सहभागिताको लागि धधध।पउब।यचन।लउ मा गुगलफर्म भर्नुपर्ने आयोजकले जानकारी दिएको छ । अवार्ड सकिएको भोलिपल्ट नै राष्ट्रिय कला परिषद्, बबरमहलमा फोटो प्रदर्शनी पनि आयोजना गर्न लागिएको घिमिरेले बताए ।