झलनाथ खनाल र चिनियाँ उपप्रधानमन्त्रीबिच छलफल
झलनाथ खनाल र चिनियाँ उपप्रधानमन्त्रीबिच छलफल
    • बेल संचार

    • १८ मंसिर २०८१, मंगलवार

काठमाडौँ ।

साताव्यापी चीन भ्रमणमा रहेका पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले चिनियाँ उपप्रधानमन्त्री दिङ छुएस्याङसँग भेटवार्ता गरेका छन् ।

बेइजिङस्थित ग्रेट हल अफ द पिपलमा भएको छलफल तथा भेटवार्ताका क्रममा व्यापक सुधार र खुला समाजवादी आधुनिकरणका सन्दर्भमा छलफल भएको बताइएको छ ।

छलफलमा नेपाल, पाकिस्तान, इजिप्ट, बेल्जियम, अष्ट्रेलिया लगायत देशका पूर्वप्रधानमन्त्री साथै इथियोपियाका पूर्वराष्ट्रपति र विभिन्न मुलुकका वरिष्ठ राजनीतिक नेताहरू सहभागी रहेका थिए ।

छलफलमा पूर्वप्रधानमन्त्री खनालले उपप्रधानमन्त्री दिङ स्वेयस्याङ्सँग बेल्ट एन रोड इनिसिएटिभ (विआरआई)को सिलसिलामा अगाडि सारिएको नेपाल र चीनबिच रेलवे निर्माणसहितको ट्रान्स हिमालयन कनेक्टिभिटी निर्माण गर्ने सन्दर्भमा महत्वपूर्ण छलफल गरेको खनालको निजी सचिवालयले जनाएको छ ।

करिब तीन घण्टाको भएको सामूहिक छलफलका क्रममा उपप्रधानमन्त्री छुएस्याङले चीनमा समाजवादी व्यवस्थाभित्र सुधारको प्रक्रिया ४६ वर्षमा सुधारको प्रक्रियाबारे प्रकाश पारेका छन् ।

साताकाे चर्चित
सम्बन्धित