काठमाडाैं ।
यस दिन बजारमा १ करोड ८१ लाख ६० हजार ६३४ कित्ता शेयरको खरिदबिक्री हुँदा ८ अर्ब ५२ करोड १२ लाख १९ हजार रुपैयाँको कारोबार भएको छ ।
अघिल्लो कारोबारका दिन सोमबार १९.९७ अङ्कले बढेको बजारमा २ करोड ३० लाख कित्ता शेयर किनबेच हुँदा १० अर्ब ५४ करोड रुपैयाँको कारोबार भएको थियो ।
साताको तेस्रो कारोबारका दिन मङ्गलबार नेप्से परिसूचक १७.८० अङ्कले बढेर २७७५.८५ को विन्दुमा अडिएको हो ।
आज दिव्यश्वरी हाइड्रोपावर र इन्ग्वा हाइड्रोपावर लिमिटेडका लगानीकर्ताहरूले सर्वाधिक नाफा कमाएका छन् । यी दुवै कम्पनीको शेयर मूल्य सबैभन्दा बढी १० प्रतिशतले बढेको छ ।
त्यस्तै, कारोबारका आधारमा ङादी ग्रुप पावर २६ करोड ७४ लाख ३७ हजार रुपैयाँको कारोबार सहित शीर्ष स्थानमा रहेको छ ।