काठमाडौं ।
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई १९२ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १९१ रन बनाएको हो ।
जारी एनपीएलमा बनेको यो अहिलेसम्मकै उच्च स्कोर हो । लिगमा आफ्नो पहिलो खेल खेलेको लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४६ रन बनाए ।
लुम्बिनीका लागि इंग्लयाण्डका टम मुर्सले १७ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै ३० रन बनाए ।
यसैगरी अर्जुन साउदले १७, आशुतोष घिरैया र साद विन सफरले समान १५ रन जोडे भने सन्दिप जोरा १२ रनमा आउट भए ।
अष्ट्रेलियन अलराउण्डर बेन कटिङ ६ रन बनाए । रामोन सिमोण्ड्स २ रनमा अविजित रहे ।
प्रतियोगितामा विराटनगर यसअघिका दुवै खेलमा पराजित बनेको थियो ।