लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका अवसरमा सचेतना कार्यक्रम सम्पन्न
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका अवसरमा सचेतना कार्यक्रम सम्पन्न
    • शर्मिला विश्वकर्मा

    • २० मंसिर २०८१, बिहीबार

ललितपुर

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान कुनै पनि महिलाहरूले कुनै पनि कुराको हिंसा भोग्न नपरोस्, पीडितहरूले न्याय पाउन, महिलाहरूका सवालहरूलाई सम्बन्धित निकायहरूले सरोकारवाला निकायहरू समक्ष पुराउनका लागि सहज हुन् भन्ने उद्देश्यले यस्तो अभियान सञ्चालन गरिँदै आइएको छ । यसै सन्दर्भमा बुधवार अनल ज्योति स्कुल, चापागाँउ प्रहरी र (BPW) Business and Profession women Nepal सुनाकोठी च्याप्टरको संयुक्त आयोजनामा अनल ज्योति स्कुलमा लैङ्गिक हिंसा विरुदको सचेतना कार्यक्रम गरिएको छ ।

नोभेम्बर २५ तारिख देखि डिसेम्बर १० तारिख सम्म लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान विश्वव्यापी रूपमा महिलाहरूका हक हित र अधिकारका सवालमा वकालत तथा पैरवी गर्ने, जनचेतना मूलक कार्यक्रमहरू सञ्चालन गर्ने लगायतका विभिन्न कार्यक्रमहरूको आयोजना गरेर मनाउने गरिन्छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको यस वर्षको अन्तर्राष्ट्रिय नारा “Towards 30 years of the Beijing Declaration and Platform for Action: Unite to End Violence Against Women and Girls” र “हामी सबैको प्रतिबद्धता लैगिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता” भन्ने राष्ट्रिय नारा सहित मनाई रहेका छौँ । जनचेतना मुलक यस कार्यक्रममा सुनाकोठी च्याप्टरका सचिव सुनकेशरी मालीले महिला हिंसा न्यूनीकरणका लागि यस्ता विद्यालयहरूमा विद्यार्थीहरूका लागि यस्ता सचेतना मूलक कार्यक्रमहरूको आयोजना गरिनु पर्ने र यस्ता कार्यक्रमहरूले किशोरी तथा महिलाहरूमा हौसला प्राप्त हुने बताउनु भयो ।

कार्यक्रमका प्रमुख अतिथि तथा चापागाँउ प्रहरीका इन्स्पेक्टर संजीव योञ्जनले शारीरिक, मानसिक, आर्थिक, यौनिक, सामाजिक लैङ्गिकताका आधारमा गरिने शोषण, विभेद, आपराधिक क्रियाकलाप हुनु नै लैङ्गिक हिंसा हो भनी जानकारी दिनु भयो ।

यसका साथै लैङ्गिकताका आधारमा समाजले दिएको उपनाम पनि लैङ्गिक हिंसा हो, तर हिंसाहरू न्यूनीकरण गर्नका लागि सबैले एक जुट भएर काम गर्नु पर्ने बताउनु भयो । यस छलफलमा उहाँले लैङ्गिकताका आधारमा आपराधिक हिंसा पनि हुने जसको कारण पुरुषको तुलनामा महिला बढी पीडित हुने, यसका लागि सरोकारवाला निकायहरूले पहल तथा वकालत पैरवी गर्नु पर्ने कुरामा जोड दिनु भयो । यसै सचेतना कार्यक्रममा उहाँले महिला हिंसा न्यूनीकरणका लागि आफूले पनि आवाज उठाउने र सरोकारवाला निकायहरूलाई पनि वकालत तथा पैरवी गर्न सहयोग गर्नु पर्ने कुरामा जोड दिनु भयो । त्यसै गरी सहभागी सबैलाई स्वागत गर्दै अनल ज्योति स्कुलकी संस्थापक, दिव्यज्योती फाउन्डेसनको अध्यक्ष लगायत विभिन्न सामाजिक कार्यमा समर्पित, वरिष्ठ समाजसेवी ज्योति के.सी.ले विशेष गरी कक्षा ८, ९ र १० कक्षाका विद्यार्थीहरूलाई महिला हिंसा, यसको न्यूनीकरण लगायतका विषयमा जानकारी दिने उद्देश्यले लैङ्गिक हिंसा विरुद्धको सचेतना कार्यक्रम गरिएको बताउनु भयो ।

विद्यालय स्तरमा नै यस्ता चेतना मूलक कार्यक्रमहरू सञ्चालन गरेमा लैङ्गिक हिंसा रोकथाममा केही सहजता हुने, यस विषयमा विद्थार्थीहरुलाई जानकारी हुने र उनीहरु पनि सचेत हुनका साथै महिला हिंसा न्यूनीकरणका लागि आफ्नो तर्फबाट पनि सहयोग गर्न अभिप्रेरणा मिल्ने हुँदा विद्यार्थी बालबालिकाहरुमा महिला हिंसाका विषयमा जानकारी होस भन्ने उदेश्ये यस कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।

अनल ज्योति स्कुल, चापागाँउ प्रहरी र (BPW) Business and Profession women Nepal सुनाकोठी च्याप्टरको संयुक्त आयोजनामा लैङ्गिक हिंसा विरुदको सचेतना कार्यक्रममा अनल ज्योति स्कुलका कक्षा ८, ९ र १० का विद्यार्थीहरू, शिक्षक शिक्षिका (BPW) Business and Profession women Nepal का सदस्यहरूको सहभागितामा उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।

साताकाे चर्चित
सम्बन्धित