वीरगन्ज ।
राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का सभापति रवि लामिछानेका समर्थकले सिमरा विमानस्थलमा प्रदर्शन गरेका छन् ।
सोमबार रविलाई पोखरा हुँदै काठमाडौँदेखि पर्सा लगेको हो ।
सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि उनलाई प्रहरीले पर्सातर्फ लगेको हो । सो क्रममा सिमरा विमानस्थलमा रविका समर्थकले प्रदर्शन गरेका हुन् ।
वीरगन्जको सानो पाइला सहकारीको रकम अपचलनमा सभापति रविको समेत संलग्नता देखिएपछि पर्सा प्रहरीले उनलाई हिरासतमा लिन अनुमति मागेको थियो ।
सोही बमोजिम पर्सा जिल्ला अदालतले उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान गर्न अनुमति दिएको छ ।