राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिमाथि दुर्व्यवहार आरोपमा मानव अधिकार आयोगले गर्‍यो एआइजीसँग सोधपुछ
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिमाथि दुर्व्यवहार आरोपमा मानव अधिकार आयोगले गर्‍यो एआइजीसँग सोधपुछ
    • बेल संचार

    • २४ मंसिर २०८१, सोमबार

काठमाडौं।

राष्ट्रिय मानव अधिकार आयोगले चितवनबाट पोखरा लैजाने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि प्रहरीले दुर्व्यवहार गरेको आरोपबारे जानकारी लिएको छ।

आयोगले बोलाएपछि सोमबार एआइजी टेकबहादुर तामाङसहित प्रहरी उच्च अधिकारीहरू आयोगमा पुगेका थिए।

उनीहरूसँग यस घटनाबारे जानकारी लिइएको आयोग प्रवक्ता टीकाराम पोखरेलले जानकारी दिए।

रविमाथि दुर्व्यवहार भएको भन्दै आयोगमा उजुरी परेको थियो। आयोगले यसबारे अनुसन्धान समेत सुरू गरिसकेको थियो।

‘जानकारी लिने क्रममा आयोगका सदस्य मनोज दुवाडीले कानूनी शासनको प्रत्याभूतिसहित स्वच्छ पूर्पक्षको अधिकार र बन्दीका आधारभूत मानव अधिकारलाई सम्मान तथा संरक्षण गर्दै निष्पक्ष र स्वतन्त्र अनुसन्धान हुनुपर्नेमा आयोगको चासो रहेको बताउनुभयो,’ पोखरेलले भने।

यसबारे निष्कर्षमा पुग्नका लागि आइजिपी बसन्तबहादुर कुँवरसँगै थप बुझ्नुपर्ने पनि आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

बयानका लागि चितवनमा लगेर रातारात त्यहाँबाट पोखरा लगिएको, त्यसक्रममा मापसे गरेका प्रहरीले लामिछानेलाई उठाएको, दुर्व्यवहार गरेको लगायतका आरोप रास्वपाको थियो।

त्यसबारे चितवन प्रहरीले कानुनअनुसार नै रविलाई चितवनबाट पोखरा लगेको बताउँदै अन्य घटनामा भने अस्वीकार गरेको थियो।

साताकाे चर्चित
सम्बन्धित