जुम्ला ।
विगत तीन महिना यताबाट भवानी मस्टा लघुजलविद्दुत आयोजनाको पावर हाउसमा प्राविधिक समस्या आए पछि । बुढू , माजबुढू र गोगेलवाडा गाउँका करिब १ सय ६० घरधुरी अन्धकारमा परेका छन् ।
स्थानिय राजाराम बुढाका अनुसार पहिला यो वत्ति छोटो समय सम्म मेसिनमा समस्या आएको थियो । त्यति खेर वडा सरकारले धेरै पटक रकम हालेर जेहोस वत्ति बालेका थियौं । वडाले धेरै पटक सहयोग गरेर आएको छ । अरू निकायले अहिले नहेरे पछि मेसिन बनाउनको लागि आर्थिक अभावका कारणले बत्ति नबन्दा अहिले तीन गाउँ अन्धकारमा भएर झरो बाल्न बाध्य छन् । वडाको रकमले नपुग्ने हुँदा अन्य निकायालाई बजेटको अपिल समेत बुढाले गरे
गाउँलेहरुले कसैले आफ्नो व्यक्तिगत निजी रुपमा सोलार हालेर उज्यालोमा छन् । भने केहि घर झरो बालेर उज्यालो गरेर बसिरहेका छन् ।
कनकासुन्दरी गाउँपालिकाको कार्यालयसम्म राष्ट्रिय विद्युत पुगेको छ । वडा नम्बर ३ को बुढू , माजबुढू र गोठेलवाडामा राष्ट्रिय लाइन पुगेको छैन । भएको वत्ति पनि बिग्रिए पछि अहिले यहाँका घरहर अन्धकारमा छन् ।
जुम्लाको कनकासुन्दरी ३ मा रहेको बुढू , माजबुढू र गोठेलवाडा गाउँ मुगु र जुम्लाको कालाकाँडा सिमानाको काखमा रहेका छन् ।
वडा नम्बर ३ ले गर्दा सम्म यो वत्तिलाई सहयोग गरेको थियो । तर अहिले वडामा रकम नहुँदा वडाले पनि कसरी बजेट उपलब्ध गराएर वत्ति बाल्नमा वडा सरकार लागि परेको छ ।