काठमाडौं
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली याक्सले लगातार तेस्रो जीत निकालेको छ ।
विलियम बोसिस्टोको कीर्तिमानी प्रदर्शनमा पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गर्दै कर्णालीले लगातार तेस्रो जीत निकालेको हो । बोसिस्टोले ६ विकेट लिएका थिए ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा पोखराले दिएको १०४ रनको लक्ष्य कर्णालीले १५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।
कर्णालीका गुल्सन झाले नटआउट ४९ रन बनाए । उनले ३७ बलमा ३ चौका र ४ छक्का प्रहार गरे।
देव खनालले खाता खोल्न सकेनन् भने बाबर हायत ७ रनमा आउट भए।
चाडविक वाल्टनले ३४ बलमा ४२ रन जोडे।
बलिङमा पोखराका विपिन खत्री, सागर ढकाल र कुशल भुर्तेलले समान १/१ विकेट लिए ।
यस्तै, दिनेश खरेलले २६ रन बनाउदा आन्द्रेस गौसले २५, रेमोन रेइफरले २० र कप्तान कुशल भुर्तेल र विपिन खत्रीले समान १०/१० रन बनाएका थिए ।