बौद्धिक अपाङ्गता भएका दशजना व्यक्तिहरुलाई रोजगारी दिने रोजगारदातालाई सम्मान गरेको छ ।
बौद्धिक अपाङ्गता भएका दशजना व्यक्तिहरुलाई रोजगारी दिने रोजगारदातालाई सम्मान गरेको छ ।
    • बेल संचार

    • २५ मंसिर २०८१, मंगलवार

काठमाडौँ,

बौद्धिक अपाङ्गता अभिभावक महासङ्घद्वारा आयोजित रोजगारी मेला तथा सम्मान कार्यक्रममा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुको सिप/दक्षता अनुसारको रोजगारी उपलब्ध गराउने रोजगारदाताहरुलाई सम्मान गरिएको हो ।
समावेशी आयोगका कार्यकारी अध्यक्ष विष्णुमाया ओझाले रोजगारदाताहरु रविन्द्र लामिछाने, दर्शन बरुवाल, यमबहादुर बानिया, सुवास गोतामे, चन्दन मण्डल, मिलन कुमार सिंह र धनन्जय सिहंलाई सम्मानपत्रसहित सम्मान गर्नुभएको हो ।
आयोगका कार्यकारी अध्यक्ष ओझाले समावेशी आयोगले अपाङ्गताको क्षेत्रमा समेत काम गर्ने भएकोले अपाङ्गता भएका व्यक्तिको क्षमता अनुसारको रोजगारीको व्यवस्था हुनुपर्नेमा जोड दिंदै आयोगले हालसम्म राज्यलाई गरेका सिफारिसमा अपाङ्गता क्षेत्रको हक अधिकारको कार्यान्वयनका बँुदाहरु परेको बताउनुभयो ।

बौद्धिक अपाङ्गता अभिभावक सङ्घका अध्यक्ष राजु बस्नेतले महासङ्घ र लेभ इन्क्लुजन डेनमार्कको सहयोगमा सञ्चालित परियोजना “कोपिला” अन्तरगत बौद्धिक अपाङ्गता भएका व्यक्तिले गर्न सक्ने काम र सोही काम अनुसारको सिप प्रदान गर्दै दसजना बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुलाई रोजगारीसँग जोड्न सफल भएको बताउनुभयो ।


उहाँले अपाङ्गता भएका व्यक्तिका लागि राज्यले महिनाको चारहजार रुपियाँ भत्ता दिनुभन्दा पन्ध्रहजार रुपियाँ कमाउन सक्ने रोजगारी दिने हो भने राज्यले भत्ता पनि दिनुपर्दैन र राज्यलाई कर समेत तिर्न सक्ने बनाउन महासङ्घले पहल जारी राख्ने बताउनुभयो ।
कोपिला परियोजना अन्तरगत सिप सिकेर बौद्धिक अपाङ्गता भएका व्यक्तिहरु प्रदिप अधिकारी, ममता पौडेल, शेरबहादुर खत्री, आशिषकुमार श्रेष्ठ, पूणर्िमा बानिया, रेजिना श्रेष्ठ, शम्भु चौरसिया,इश्वर गिरी, सुनिल कुमार दास, आयुष्मा मानन्धरले आठहजार रुपियाँदेखि १० हजार रुपियाँसम्म मासिक तलब पाउनुभएको छ ।

महासङ्घका अध्यक्ष शिला थापाले अपाङ्गता भएका व्यक्तिले केही पनि गर्न सक्दैनन् भनेर घरभित्रै राख्नुभन्दा उहाँहरुले सिक्न सक्ने सिप/तालिम दिएर रोजगारीको व्यवस्था गर्न राज्यले पनि चासो देखाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा रोजगारदाता सम्मान प्राप्त गर्नुभएका क्लीन अप नेपालका कार्यकारी निर्देशक रविन्द्र लामिछानेले पहिलो पटक सो कार्यलयमा कार्यलय सहयोगीको रुपमा काम गर्ने आयुष्माको मेहनतबाट आफु प्रभावित भएको बताउँदै अवसर बौद्धिक अपाङ्गता भएका व्यक्तिले पनि रोजगारी गरेर आत्मनिर्भर हुन सक्छन् भन्ने अनुभव भएको बताउनुभयो ।

त्यसैगरी होटल डल्फीनमा रोजगारी गर्नुहुने आशिष श्रेष्ठले काम गरेर घरपरिवारलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताउँदै रोजगारदाताहरुलाई अपाङ्गता भएका व्यक्तिहरुलाई पनि रोजगारीको अवसर दिएर सहयोग गर्न आग्रह गर्नुभयो ।
रोजगारी मेलामा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुले बनाउनुभएको विभिन्न ह्याण्डीक्राप्टका सामग्रीहरु, पोते, क्लिप काँटा, उनका मोफलर, फ्रक, खेलौनाहरु, मखमल, ढाकाका जुत्ता, मसला, झोल सावुन, फिनेल, नेवारी खाजालगायतका सामग्रीका स्टलहरु राखिएका छन् ।

साताकाे चर्चित
सम्बन्धित