काठमाडौँ
एआईएन (AIN )अपाङ्गता कार्य समूहले मंसिर २४ गते काठमाडौंमा आयोजना गरेको समावेशी र दिगो भविष्यका लागि अपाङ्गता भएका व्यक्तिहरूको नेतृत्व विस्तार गर्ने “समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता व्यक्तित्वहरू प्रबल नेतृत्वको आधार” भन्ने नाराका साथ अपाङ्गता भएका व्यक्तिहरूको ३३ औँ अन्तर्राष्ट्रिय दिवस २०२४ मनाउनको लागि “वाक टुगेदर, लिभ टुगेदर” कार्यक्रम आयोजना गर्यो ।
यस कार्यक्रममा Country Representative at Blinknow Foundation, Chair Person at Association of international NGOs in Nepal (AIN) DR. SP Kalaunee ले अपाङ्गता भएका व्यक्तिहरूका लागि सबै निकायहरूले समावेशी कार्यक्रमहरू सञ्चालन गर्नु पर्ने, अपाङ्गताका सवालहरूलाई राज्यको प्राथमिकतामा राख्नु पर्ने, उनीहरूका सवालहरूलाई संशोधन गर्नका लागि बनेका ऐन, कानुनहरू कार्यान्वयन गर्न सबैले पहल गर्नु पर्ने बताउनु भयो । अपाङ्गता भएका व्यक्तिहरूको ३३ औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था AIN को अपाङ्गता कार्यसमुहले अपाङ्गता भएका व्यक्तिहरूको नेतृत्व विकासका लागि काठमाडौँमा ” वाक टुगेदर, लिभ टुगेदर” अर्थात् सँगै हिडौं, सँगै बाच्चौं कार्यक्रम आयोजना गर्नुको उदेश्य अपाङ्गत भएका व्यक्तिहरुको क्षमता, प्रतिभाको कदर र प्रोत्साहनका साथै राज्यलाई पनि संवेदनशिल बनाउने उदेश्यले यस कार्यक्रमको आयोजना गरिएको आयोजकको भनाई रहेको छ ।
कार्यक्रममा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था AIN का संयोजक विमल पौडेलले विभिन्न विषयमा भएका प्यानल छलफलको सहजीकरण गर्दै उहाँले सहभागी छलफलकर्ताहरूलाई अपाङ्गता भएका व्यक्तिहरूको नेतृत्वलाई स्वीकार गर्ने, नीति नियम र निर्णयहरूमा संलग्न गराउन आवश्यक पहल कदमीका विषयमा सबैले एक जुट भएर काम गर्नु पर्ने, सुशासन समितिहरूमा पनि अपाङ्गता भएका व्यक्तिहरूको नेतृत्व प्रवर्धनका लागि सबै सरोकारवाला निकायहरूले ध्यान दिनु पर्ने बताउनु भयो । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था AIN को अपाङ्गता कार्यसमुहले अपाङ्गता भएका व्यक्तिहरूको नेतृत्व विकासका लागि काठमाडौँमा आयोजना गरिएको ” वाक टुगेदर, लिभ टुगेदर” कार्यक्रममा नेपाल अपाङ्ग महिला संघकी अध्यक्ष टिका दाहालले अपाङ्गता भएका व्यक्तिहरूका लागि काम गर्ने संघ संस्थाहरूको नेतृत्व विकासका लागि अन्तर्राष्ट्रिय गैरसरकारी संस्था AIN को साथ सहयोग रहेको भन्दै स्थानी तह देखि राष्ट्रिय वा अन्तर्राष्ट्रिय तह सम्म काम गरेर केही मात्रमा भए पनि उपलब्धि प्राप्त भएको बताउनु भयो । सो कार्यक्रममा राष्ट्रिय सभा सदस्य पदम परियारले अपाङ्गता भएका व्यक्तिहरूको नेतृत्व स्थापित गर्नका लागि सम्बन्धित निकायहरूले बेवास्ता गर्ने गर्दा चुनौतीहरू हुने गरेको बताउनु भयो । त्यसै गरी यसका लागि अपाङ्गता भएका व्यक्तिहरूले पनि राजनीतिक वातावरण निर्माणका लागि पहल गर्नु पर्ने कुरामा जोड दिनु भयो । यस कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूका विभिन्न सवालहरूलाई समावेश गरी सरोकारवाला निकायहरूसँग छलफल पनि गरिएको थियो ।
साथै समावेशी शिक्षा प्रतिवेदन वितरणसम्बन्धी राष्ट्रिय स्तरको ओपीडी सर्वेक्षण, अपाङ्गता भएका व्यक्तिहरूले सिर्जना गरेका उत्पादनहरूको प्रदर्शनी र्यारम्प वाक, बालबालिकाको विशेष नृत्य प्रस्तुति, प्रदर्शनी र स्टलहरू राखिएको थियो। साथै बौद्धिक, डाउन सिण्ड्रोम, अटिजम अपाङ्गता भएका व्यक्तिहरूले बनाउनु भएको चित्रहरूलाई मायाको चिनो स्वरूप उक्त कार्यक्रमका अतिथिहरूलाई प्रदान पनि गरियो । सरोकारवालाले अपाङ्गता भएका व्यक्तिहरूको नेतृत्व विस्तार गर्न अपाङ्गता भित्रको सक्षमताको खोजी जरुरी रहेको बताएका थिए । यसै क्रममा अपाङ्गता भएका व्यक्तिहरूको ३३ औँ अन्तर्राष्ट्रिय दिवस २०२४ अन्तर्गत एआईएन (AIN) अपाङ्गता कार्य समूहद्वारा सोमबार आयोजित “वाक टुगेदर, लिभ टुगेदर” कार्यक्रम बोल्दै उनीहरुले अपाङ्गता भएका व्यक्तिहरूको नेतृत्व विस्तार गर्न जरुरी रहेकामा जोड दिएका थिए ।