मनकामना केबलकारको दुई दिन बन्द हुने
मनकामना केबलकारको दुई दिन बन्द हुने
    • बेल संचार

    • ३० मंसिर २०८१, आईतवार

चितवन ।

मनकामना केबलकारको दुई दिन बन्द हुने भएको छ ।

मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्वल शेरचनले मर्मत सम्भारका लागि पुस १ र २ गते सेवा बन्द गरिने जानकारी दिए ।

टावरको मर्मत सम्भारका लागि दुई दिन केबलकार सेवा बन्द गर्न लागिएको भन्दै आगामी पुस ३ गते बुधबारदेखि नियमित सञ्चालन गरिने नायब प्रबन्धक शेरचनले बताए ।

सो अवधिभर ‘वटम स्टेसन’स्थित रेस्टुरेन्ट सेवा भने यथावत् रूपमा सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ ।

गोरखाको शहीद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहज बनाउने उद्देश्यले नेपालमा पहिलो पटक विक्रम संवत् २०५५ मङ्सिर ८ गतेदेखि मनकामना केबलकार सञ्चालनमा ल्याइएको हो ।

केबलकारको  प्रवेशद्वार बटम स्टेसन चितवनको इच्छाकामना गाउँपालिका–४ चेरेसमा पर्दछ ।

साताकाे चर्चित
सम्बन्धित