हिन्द महासागारको मायोट द्वीपमा शक्तिशाली चक्रवाती तुफानका कारण कम्तिमा एक सय जनाको मृत्यु
हिन्द महासागारको मायोट द्वीपमा शक्तिशाली चक्रवाती तुफानका कारण कम्तिमा एक सय जनाको मृत्यु
    • बेल संचार

    • १ पुष २०८१, सोमबार

काठमाडौं ।

शक्तिशाली चिडो चक्रवातका कारण हिन्द महासागरको मेयोट टापुमा ठुलो सङ्ख्यामा मानिस प्रभावित भएका छन् । यो क्षेत्रमा विगत १०० वर्षमा आएको सबैभन्दा शक्तिशाली आँधी भएको बताइएको छ ।

अहिले कम्तीमा ११ जनाको मृत्यु भएको पुष्टि भएको छ । तर त्यहाँको विध्वंस देखेपछि राहतकर्मीले योभन्दा मृत्यु हुनेको सङ्ख्या धेरै हुने बताएका छन् ।

अधिकारीहरूका अनुसार आँधीका कारण सयौँको ज्यान गएको सम्भावना रहेको छ । राहत कार्यकर्ताहरू अझै पनि केही प्रभावित क्षेत्रमा पुग्न प्रयास गरिरहेका छन्।

मेयोटको जनसङ्ख्या ३ लाख २० हजार छ । अहिले हजारौँ मानिस खाना, पानी र आश्रयविना बसिरहेका छन् । यस टापुमा फ्रान्सको अधिकार छ।

साताकाे चर्चित
सम्बन्धित