आज चार बजे मन्त्रिपरिषद् बैठक बस्दै
आज चार बजे मन्त्रिपरिषद् बैठक बस्दै
    • बेल संचार

    • ४ पुष २०८१, बिहीबार

काठमाडौँ ।

आज  मन्त्रिपरिषद्को नियमित बैठक बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो चार बजे बस्नेगरी मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकले सरकारका नियमित कामकारबाहीबारे छलफल र निर्णय गर्ने बताइएको छ ।

बैठकमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे समेत छलफल हुनसक्ने एक मन्त्रीले बताए ।

‘मन्त्रिपरिषद् बैठकका एजेन्डा के के भन्ने त खुलेको छैन तर कुलमानबारे प्रश्न उठिरहेका छन्, त्यसबारे केही छलफल हुनसक्छ’, एक मन्त्रीको भनाइ छ ।

साताकाे चर्चित
सम्बन्धित