आज बिहान मनाङमा ४.७ म्याग्निच्युडको भूकम्प
आज बिहान मनाङमा ४.७ म्याग्निच्युडको भूकम्प
    • बेल संचार

    • ४ पुष २०८१, बिहीबार

काठमाडौं ।

मनाङमा आज बिहान भूकम्प गएको छ । मनाङको नेस्याङ केन्द्रविन्दु आसपास भूकम्प गएको हो ।

भूकम्प मापन तथा अनुसन्धान केन्द्रले आज बिहान ७ बजेर ३७ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ ।

भूकम्पले क्षति पुर्‍याएको जानकारी भने छैन ।

बझाङमा लगातार दुई दिन बुधबार र विहीबार तीन पटक भूकम्प गएको थियो । बुधबार दिउँसो ३ बजे बझाङको धमेना केन्द्रविन्दु भएर ४.१ म्याग्निच्यूडको भूकम्प धक्का महसुस भएको थियो ।

मंगलबार साँझ ५ बजेर ८ मिनेटमा धमेना केन्द्रमै ४.३ म्याग्निच्यूडको भूकम्प गएको थियो । मंगलबार नै दिउँसो १ बजेर २ मिनेटमा बझाङको रायल केन्द्र भएर ३.९ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

भूकम्पीय क्षतिको दृष्टिले नेपाल उच्च जोखिमयुक्त मानिन्छ । पश्चिम नेपालको भूगर्भमा वर्षौंदेखि ऊर्जा सन्चित भएकाले अझै बढी जोखिम रहेको ठानिन्छ ।

कुनै पनि बेला ठूला धक्का जान सक्ने हुँदा क्षतिबाट जोगिन भूकम्प प्रतिरोधी संरचना बनाउनुपर्ने र उद्धारको तयारीमा जोड दिनुपर्ने विज्ञहरु बताउँछन् ।

यद्यपि पटक-पटक गइरहने साना धक्कालाई सकारात्मक रुपमा लिनुपर्ने उनीहरुको मत छ । यसबाट लामो समय भूगर्भमा सन्चित भएको ऊर्जा बाहिरिने मद्दत मिल्छ ।

नेपालमा २०८० कात्तिक १७ गते जाजरकोट केन्द्र भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पले १५० जनाभन्दा बढीको ज्यान गएको थियो ।

यसैगरी २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्र भएर ७.६ म्याग्निच्युडको भूकम्प जाँदा ८ हजार ९७० जनाको ज्यान गएको थियो ।

साताकाे चर्चित
सम्बन्धित