सुनको भाउ तोलाको १ हजार ७ सय रुपैयाँ घट्यो
सुनको भाउ तोलाको १ हजार ७ सय रुपैयाँ घट्यो
    • बेल संचार

    • ४ पुष २०८१, बिहीबार

काठमाडौं ।

नेपाली बजारमा सुनको भाउ तोलामै १ हजार ७ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आज बिहीबार १ हजार ७ सयले घटेर तोलाको १ लाख ४९ हजार रुपैयाँमा किनबेच भइरहेको छ ।

बुधबार तोलामा १ लाख ५० हजारले कारोबार भएको थियो ।

त्यसैगरी चाँदीको भाउ पनि घटेको छ । महासंघका अनुसार आज बिहीबार चाँदी ५५ ले घटेर तोलाको १ हजार ७ सय ८० मा झरेको छ । बुधबार तोलाको १ हजार ८ सय ३५ रुपैयाँ थियो ।

साताकाे चर्चित
सम्बन्धित